Logo

अर्थ

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ५७ प्रतिशतले घट्याे



काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ५७.१२ प्रतिशतले घटेर ५ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि १.९५ प्रतिशतले घटेर १ अर्ब १४ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ४८ करोड ९ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरी ४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५९ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा १९ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १८ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७५.२३ गुणा रहेको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  २ : ५३ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।