Logo

प्रमुख समाचार

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन



चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ ।

राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

आफू सवार ना २ ख २३८२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। उनको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ८ : ५६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।