कोरोना भाइरसको महामारीका सृजित लकडाउन परिस्थितिपछि अवरुद्ध भएकाे नेपाल-भारतबीच हवाई उडान तत्काल पुनः सुरू नहुने देखिएकाे छ । नेपालमा काेराेना संक्रमण निरन्तर बढिरहेकाे र भारतमा पनि संक्रमण फैलिरहेकै अवस्था छ । यस अवस्थामा दशैँअघि दुवै देशबीच हवाइ उडान सुरु हुने सम्भावना देखिँदैन ।
भारतले दुई देशका विमानमा तत्कालका लागि दुवै देशका र अन्य कूटनीतिक नियोगका कर्मचारी मात्रै बोक्न पाउने गरी उडान सुरु गर्न नेपाललाई प्रस्ताव पठाएको थियो । सीमित उडान र यात्रु बाेक्न पाउने यस्ताे प्रस्तावमा नेपाल सहमत छ ।
हवाइ क्षेत्रकाे नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतकाे उक्त प्रस्तावमा सहमति जनाइसके तापनि उडान भने दशैँअगावै सुरु नहुने बताइएकाे छ ।
स्राेतका अनुसार भारतकाे उक्त प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीबाट समेत पारित भइसकेको तर मन्त्रिपरिषदमा गएर अड्किएकाे अवस्था छ । त्यसैले दुवै देशबीच उडान सुरू गर्न ढिलाइ भइरहेकाे बताइएकाे छ ।




















प्रतिक्रिया