Logo

कर्पोरेट फोकस

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता



स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र सन्राइज बैंक लिमिटेड वीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस (Sunrise Smart +) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ३ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।