Logo

कर्पोरेट फोकस

मेगा बैंकको लाभांश राष्ट्र बैंकबाट परिमार्जन



काठमाडौं । मेगा बैंकले घोषणा गरेको लाभांश परिमार्जन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँको बोनस सेयर र ३.८३ प्रतिशत अर्थात् ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, राष्ट्र बैंकले ६१ करोड २ लाख ४३ हजार २८०.६६ रुपैयाँ स्वीकृत गरेर पठाएको हुँदा साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिने बताएको छ । अब बैंकले ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  २ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।