Logo

अर्थ

लगातार उकालो लाग्दै सुनको भाउ, आज तोलामा एक हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपापली बजारमा आज (शुक्रबार) पनि सुनको बढेको छ । सुनको मूल्य लगातार तेस्रो दिन उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजा

र रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ११:३७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।