नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्यमा निरन्तरको गिरावट आइरहेकाे छ।



















प्रतिक्रिया