Logo

अर्थ

लगातार उकालाे लाग्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडाैं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १२:१९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।