विराटनगर । प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि आन्तरिक र खुला गरि ३१६ जना कर्मचारीको माग गरेको हो ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।





















प्रतिक्रिया