कतार । जापानले फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत साविक उपविजेता क्रोएसियाविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ । अल जानोब रंगशालामा जारी खेलको ४३औं मिनेटमा डाइजेन माइदाले गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका हुन् ।
कप्तान माया योसिडाले दिएको पासलाई पेनाल्टी एरिया भित्र चनाखो भएर बसेका माइडाले गोलमा परिणत गरेका हुन् । समूह चरणका जर्मनी र स्पेनलाई पराजित गर्दै नकआउट चरणमा पुगेको जापानले पहिलो हाफमा महत्त्वपूर्ण अग्रता लिएको छ ।
यो खेलको विजेताले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनलमा खेल्ने छ । सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको जापान लगातार दोस्रो पटक अन्तिम १६ मा पुगेको हो ।
जापान चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । क्रोएसिया भने फाइनलसम्म पुगेर फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो ।




















प्रतिक्रिया