Logo

अर्थ

एनएमबि बैंकद्वारा लाभांश घोषणा



काठमाडाैं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट लाभांश घाेषणा गरेकाे छ।

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।