Logo

अर्थ

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?



काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ११:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।