काठमाडौं । लगातार बढेको सुनको भाउमा नेपाली बजारमा आज (मंगलबार) गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया