Logo

प्रमुख समाचार

गठबन्धनभित्रैको बदमासीले बहुमत आएन : चित्रबहादुर केसी

२०५१ साल दोहोरिने भयो



राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा र प्रदेशसभाको परिणामबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।

उनले भने– ‘यहाँ राजनीतिलाई व्यवसाय बनाए । त्यसैले चुनावलाई कमाउने पर्व बनाए । कतिपय ठाउँमा गठबन्धनभित्रै अन्तर्घात भयो । त्यसरी बदमासी गर्दा स्पष्ट बहुमत पुगेन । २०५१ साल दोहोरिने भयो । जसले भए पनि गरे । यो कुरा सबैलाई थाहा छ । गठबन्धनको परिणामबाट म सन्तुष्ट छैन ।

साथै उनले गठबन्धन दलहरु प्रतिगमनविरुद्ध जानुपर्नेमा लकपकाएको आरोप पनि लगाए ।

अब बन्ने सरकार गठबन्धनकै हुने पनि उनले स्पष्ट पारे । केसीले भने, ‘छलफल चलिरहेको छ, सरकार गठबन्धनकै बन्छ । तर को प्रधानमन्त्री बन्छन्, म यसै भन्न सक्दिनँ । म काठमाडौंबाहिर छु । ककसले तयारी गरेका छन्, मलाई केही पनि थाहा छैन ।

राजमो अध्यक्ष केसीले पार्टी सरकारमा जाने कि नजाने टुंगो नभएको पनि बताए । उनले थपे,अहिले राजमो कुनै टुंगोमा पुगेको छैन । पार्टीको बैठक पनि बसेको छैन । पार्टीको निर्णय मैले भन्ने होइन । मैले कुनै दाबी गरेको छैन । अहिले म विशुद्ध सांसद मात्र हुँ । मेरो व्यक्तिगत दौडधुप गर्ने चलन छैन । मन्त्री भएँ भने म लिबिया जाने होइन, थाहा भइहाल्छ नि ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०६:३३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।