काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएका छ । मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष् मती प्रेमा राज्यलक्ष्मी सिंहले जगपुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरिसकेका छन् ।
जगपुजा तथााशिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुखकार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयका कर्मचारीलगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरु सहित करिब १०० जनाको उपस्थिति रहेको थियो ।
नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सकिएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।
५२ अर्व भन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनललाईफ इन्स्योरेन्स ले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।




















प्रतिक्रिया