नेकपा एमालेका प्रभाबशालि नेता भीम रावलले नेपालका शीर्ष नेताहरुले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदुतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाएका छन् ।
रावलले भने, ‘उनले हाम्रो देशका कतिपय जिम्मेवार पदमा रहेका दलका नेताहरु नेपाली जनताको भर्खरै अभिव्यक्त जनमत तथा जनादेशलाई शिरोपर गरेर आफ्नो बाटोमा आँफै हिँड्नुभन्दा विदेशी राजदूतहरुलाई आमन्त्रण गर्ने, घरघरमा त्यस्ता विदेशी दुतहरुसँग छलफल चलाउने, विदेशी सुरक्षा निकायका मानिसहरुलाई गोप्य रुपमा भेटेको भन्ने कुरा थाहा भएको छ ।
यो धेरै लज्जास्पद कुरा हो । उहाँहरु नेपाली जनताको मतबाट निर्वाचित हुने, सरकार कसरी गठन गर्ने भनेर विदेशीसँग साउती गर्ने कुरा यो स्वतन्त्र र सार्वभौम देशको लागि नसुहाउने कुरा हो ।’
रावलले दलका नेताहरुले निर्वाचनपछि विदेशी राजदतुसँग साउती गरेको भन्दै यसप्रति देशभक्त नेपालीहरु र नवनिर्वाचित जनप्रधिनिधिहरु सचेत रहनुपर्नेमा जोड दिए ।
उनले भने, ‘निर्वाचित जनप्रतिनिधिहरुले देशको स्वाधिनता, मर्यादा, स्वतन्त्रतालाई उच्च राखेर काम गर्नुहुन्छ भनेर आशा प्रकट भएको छ । त्यसको विपरित यस्तो क्रियाकलाप गर्नु आपत्तिजनक छ । यो काम तत्काल बन्द हुनुपर्छ ।’
उनले वर्तमान सरकार कामचलाउ अवस्थामा रहेकोले नेपाल प्रहरीतर्फको ३० वर्षे कार्यकालको प्रावधान हटाउन लागिपरेको कुरा पनि बाहिर आएको भन्दै यसतर्फसमेत कामचलाउ सरकारले दिर्घकालिन असर पार्ने काम गर्ने हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने,‘सरकारले आफ्नो मर्यादाको ख्याल गर्नुपर्दैन् ।
अब जसको सरकार भएपनि विगतका विकृतिहरु नदोहोरियुन भन्ने हो । नेकपाको सरकार दुई तिहाईको बहुमतको थियो । अब बन्ने सरकारले स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन गरोस । स्वदेशी उद्योगलाई प्राथमिकता दिने काम गर्नुपर्छ ।’




















प्रतिक्रिया