Logo

राजनीति

कांग्रेस संसदीय दलको नेता छान्न बुधबार निर्वाचन



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधबार बिहान निर्वाचन हुने भएको छ । पार्टीको संसदीय दलको निर्वाचनका लागि आइतबार गठित निर्वाचन समितिको सोमबारको बैठकले बुधबार बिहानका लागि मिति तय गरेको हो ।

आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समिति बनाएको थियो । उक्त समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १३:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।