Logo

प्रमुख समाचार

सांसदहरुलाई अध्यक्ष लिङ्देनकाे निर्देशन : दूतावासले रक्सी-मासु खान बाेलाउँदा नजानू



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने÷नजाने भन्नेबारे पार्टीमा छलफल गरेर मात्र निर्णय लिइने बताएका छन् । सोमबार पार्टी केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मन्त्री खानकै लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ’, उनले भने, ‘हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ ।’

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने लिङ्देनले बताए । उनले राप्रपा सुध्रिएको हो भनेर देखाउने मौका आएको भन्दै त्यसको नतिजा अर्को चुनावमा आउन सक्ने बताए ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासले गर्ने कार्यक्रममा बोलाएमा अनुमति विना नजान निर्देशन पनि दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न र आफ्नो मर्यादामा बस्न सांसदहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १७:३९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।