Logo

राजनीति

प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ खुवाउने सबैभन्दा ज्येष्ठ सदस्य राप्रपाका जबरा



काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित २७५ सांसदहरुमध्ये सबैभन्दा ज्येष्ठ सांसद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पशुपति शमशेर जबरा ठहरिएका छन् । राप्रपाबाट समानुपातिक सांसद बनेका उनी नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य २७४ सांसदहरुलाई शपथ खुवाउने भएका छन् ।

निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा ज्येष्ठ सांसद जबरा देखिएका संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । अब जबराले ज्येष्ठ सांसदका रुपमा राष्ट्रपतिबाट सपथका ग्रहण गर्छन् भने उनले प्रतिनिधिसभाका अन्य सदस्यलाई शपथ खुवाउँछन् ।

यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने अन्योल थियो । त्यसपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्यबारे निर्णय गरेको हो । संसद सचिवालयले पुष ७ गतेका लागि संसदहरुकाे शपथका लागि मिति तय गरिसकेकाे छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ११:४१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।