Logo

प्रमुख समाचार

सत्ताको आकांक्षाभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जानुपर्छ : कांग्रेस महमन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षामा अहिलेको गठबन्धन तोडिन नहुनेमा जोड दिएका छन् । उनले चुनावमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको लोभका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री शर्माले सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने बताए ।

सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने भन्दै महामन्त्री शर्माले कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र एकीकृत समाजवादीको साथ र समर्थनलाई पनि भुल्न नहुने बताए । प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाटै जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १२:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।