Logo

राजनीति

कांग्रेस इतर पक्षमा जुट्याे सहमति, देउवासँग भिड्ने साझा उम्मेदवार बने गगन थापा



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि इतर पक्ष साझा उम्मेदवारका रुपमा महामन्त्री गगन थापालाई अघि सार्ने विषयमा सहमति नजिक पुगेको छ । मंगलबार बिहान राजधानीको एक होटलमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने विषयमा समझदारी गरेको हो ।

यो बैठकलगत्तै फेरि होटल बसेरामा बैठक बसेर अर्का दाबेदार शेखर कोइरालाले गगन थापालाई साझा उम्मेदवार प्रस्ताव गर्ने बताइएको छ ।यसअघि शेखरले पनि संस

दीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका एक नेताले जानकारी दिए ।

संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार छन् । आजै संसदीय दलको नेता चयनका लागि उम्मेदवार मनोनय गर्न निर्वाचन समितिले समय दिएको छ ।

  • सम्बन्धित समाचार

कांग्रेस इतर पक्षमा जुट्याे सहमति, देउवासँग भिड्ने साझा उम्मेदवार बने गगन थापा !

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।