Logo

प्रमुख समाचार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले लिए राष्ट्रपतिबाट शपथ



काठमाडौं । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक सांसद पशुपति शमशेर जबराले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभा सदस्य जबरालाई शपथ ग्रहण गराएकी हुन् ।

राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधिसभाका २७५ सदस्यमध्येका सबैभन्दा बढी उमेरका सांसद हुन् । अब गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित सांसदहरूलाई बिहीबार जबराले शपथ ग्रहण गराउने छन् । त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १५:१५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।