काठमाडौं । २६ प्रतिनिधिसभाका सदस्यहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । त्यसका लागि उनीहरूले आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गरी संघीय संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।
जसअनुसार उर्दु, कोयु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथलीलगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । संसद सचिवालयका अनुसार भोजपुरीमा तीन जना, तामाङ भाषामा तीन जना, मैथली भाषामा तीन जनाले शपथ लिने छन् ।
यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।
बिहीबार ज्येष्ठ सदस्यको रुपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिसकेका छन् ।
कसले कुन भाषामा लिँदैछ शपथ ?






















प्रतिक्रिया