Logo

अर्थ

नेपाल टेलिकमको लाभांश घोषणा



काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांशवितरण गर्ने प्रस्ताव गरेको हो ।

सोही बैठकले कम्पनीको १५ औँ वार्षिक साधारणसभा यही पुस २८ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको छ । सोही सभाले अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।