हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डे धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भइरहेका छन् ।
मुख्यमन्त्रीमा बहाल रहेकैबेला प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि पाण्डे विवादमा तानिएको थिए । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका उनले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।बागम
ती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।




















प्रतिक्रिया