Logo

प्रमुख समाचार

बागमती प्रदेशसभाकाे अधिवेशन पुस १७ गते



हेटाैंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गरिने भएकाे छ । प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए ।

साथै यही पुस १४ गते दिनको २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले बागमती प्रदेशसभाका एक सय नौ जना सदस्यलाई प्रदेशसभाको सभाकक्षमा शपथ गराउने छन् ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १७:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।