Logo

प्रमुख समाचार

कांग्रेसले गठबन्धन टुटायो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धन टुटाएको आरोप लगाएका छन् । निर्णायक वार्ताका लागि बालुवाटार पुगेका उनले बाहिरिँदै गर्दा माओवादी नेताहरूलाई बैठकबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।

कांग्रेससँग छलफलका लागि प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए । बैठकमा पनि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने अडान दोहोर्‍याएपछि प्रचण्ड बैठकस्थलबाट बाहिरिएका थिए ।

कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि प्रचण्डसहित नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिएका प्रचण्ड बालकोटतिर लागेका छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:४४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।