Logo

राजनीति

बालुवाटार बैठक छाडेर बालकोट हिँडेका प्रचण्ड खुमलटार मोडिए



काठमाडौं । बालुवाटार बैठक छाडेर बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट नगई आफ्नै निवास खुमलटार पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि खुलटार पुगेका हुन् ।

यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओलीनिवास बालकोट पुगेका छन् । आइतबार निर्णायक वार्ताका लागि भनेर बालुवाटार पुगेका प्रचण्ड राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसले अडान नछाडेपछि गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएका थिए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:५४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।