काठमाडौं । बालुवाटार बैठक छाडेर बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट नगई आफ्नै निवास खुमलटार पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि खुलटार पुगेका हुन् ।
यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओलीनिवास बालकोट पुगेका छन् । आइतबार निर्णायक वार्ताका लागि भनेर बालुवाटार पुगेका प्रचण्ड राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसले अडान नछाडेपछि गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएका थिए ।




















प्रतिक्रिया