Logo

राजनीति

राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि बालकाेटमा



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन् । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएको बताइएको छ ।

बालुवाटार बैठकमा नेपाली कांग्रेससँग कुरा नमिलेपछि सुरुमा माओवादी महासचिव देव गुरुङ लगायतका नेताहरु पनि बालकोट पुगेका थिए ।

यस्तै, एमाले अध्यक्ष ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालकोट पुगेका छन् । रास्वपा सभापति लामिछाने र महामन्त्री डा. मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका हुन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरुको दौडधुप तीव्र छ । सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका हुन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसकिने भनेपछि प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १४:१३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।