काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत पनि बालकोट पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अन्य दलहरुबीच नयाँ सरकार गठनबारे छलफल चलिरहेका बेला उनी पनि पुगेका हुन् ।
ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताएका छन् । ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु अहिले छलफलमै छन् ।
जसपा नेता अशोक राई भने पार्टीलमा सल्लाह गर्ने भन्दै बैठकस्थलबाट बाहिरिइसकेका छन् । उनले नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।




















प्रतिक्रिया