काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन् । प्रधानमन्त्री निवासबाट उनी परिवारसहित बुधबार धुम्बाराहीस्थिति भाडाको घरमा सरेका छन् । आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्ने भएका हुन् ।
आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवाले प्रधानमन्त्री पद पनि गुमेपछि सरकारी निवास बालुवाटार छाड्नुपरेको हो । बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले भाडाको घरमा सरेका हुन् । देउवाको निजी निवास मर्मत गर्न करिब ४ महिना लाग्ने बताइएको छ ।




















प्रतिक्रिया