Logo

प्रमुख समाचार

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् ।

दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष उपेन्द्र यादवनिकट रामसहायले बाजी मारेका हुन् ।

जसपा महासचिवसमेत रहेका यादवले २०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०६४ मा पहिलो मधेस आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका उनी तत्कालीन मधेसी जनअधिकार फोरमको संस्थापक रही सुरुवातदेखि नै महासचिवको भूमिकामा थिए ।

संसदीय यात्रा भने उनले २०६४ बाट सुरु गरे । तत्कालीन फोरमबाटै बाराबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी २०७४ मा पनि सोही ठाउँबाट दोहोरिएका थिए । उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १३:०२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।