Logo

प्रमुख समाचार

बागमती कांग्रेस संसदीय दलको नेतामा बहादुर लामाले मारे बाजी, बानियाँ ५ मतले पराजित



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । प्रदेश सभापतिसमेत रहेका इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

दलको नेता चुन्न भएको निर्वाचनमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १६:३२   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।