Logo

राजनीति

देउवा बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड सरे बालुवाटार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज (बुधबार) साँझ सरकारी निवास सरेका हुन् ।

अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी कांग्रेस नेतृत्वकाे गठबन्धन ताेडेर एमालेलगायतका दलसँगकाे समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्दै

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटारबाट धुम्बाराही सरेका थिए । देउवाको बुढानीलकण्ठमा आफ्नै घर भएपनि मर्मतका लागि सकेही महिना लाग्ने भएपछि उनी धुम्बाहीस्थिति भाडाको घरमा सरेका हुन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:२२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।