काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज (बुधबार) साँझ सरकारी निवास सरेका हुन् ।
अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी कांग्रेस नेतृत्वकाे गठबन्धन ताेडेर एमालेलगायतका दलसँगकाे समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटारबाट धुम्बाराही सरेका थिए । देउवाको बुढानीलकण्ठमा आफ्नै घर भएपनि मर्मतका लागि सकेही महिना लाग्ने भएपछि उनी धुम्बाहीस्थिति भाडाको घरमा सरेका हुन् ।




















प्रतिक्रिया