काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणको कामलाई कसरी सहज बनाउ सकिन्छ भनेर अध्ययन गर्न विज्ञ टोली गठन गरेको छ । अहिले लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई कसरी सहज बनाउने भन्नेबारे यो टोलीले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने छ ।
गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको हो । प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।
शनिबार मात्रै प्रधानमन्त्री प्रण्डचसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञ टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।




















प्रतिक्रिया