Logo

प्रमुख समाचार

एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने ओली भेट्न बालकोट पुगेका थिए ।

भेटमा गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा छलफल भएको बताइएको छ । सरकारको नीति तथा कार्यक्रम र यसको प्रभावकारीताकै बारेमा गठबन्धनको मुख्य घटक एमालेका अध्यक्ष तथा उच्चस्तरीय संयन्त्रका संयोजकसँग छलफल भएको सचिवालयले जनाइएको छ ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १२:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।