Logo

राजनीति

बाह्य हस्तक्षेपले कांग्रेसलाई प्रतिकुलतामा पुर्‍यायाे : बालकृष्ण खाण



रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका नेता खाणले कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको बताए ।

बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा रूपान्तरण गर्ने बताए । उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार गरेर जानुपर्ने बताए ।

उनले मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १५:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।