Logo

राजनीति

मन्त्रालय फुटाउने कुनै योजना छैन : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भागबन्डा मिलाउन मन्त्रालय फुटाउने कुनै योजना नरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले मन्त्रालय फुटाउनेबारे छलफल नै नभएको बताए ।

सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको अनौपचारिक बैठकपछि लामिछानले भने, ‘मन्त्रालय फुटाउनेबारे छलफल भएको छैन, योजना पनि छैन ।’

नेकपा एमाले, माओवादी केन्द्र, रास्वपासहित ७ दल मिलेर बनेकाे सत्ता गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी भएकाे भन्ने समाचार पछिल्लाे पटक सार्वजनिक भएकाे थियाे । त्यसपछि आलाेचनासमेत सुरु भएकाे थियाे ।

बुधबारकाे बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १९:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।