काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।
बिहीबार नै अन्तिम रुप दिइने गरी कार्यदलको बैठक बोलाइएको भए पनि कार्यदलका एक सदस्य माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थ्य भएपछि शुक्रबार अर्थमन्त्रालयमा बसेको बैठकले कार्यक्रमलाई पूर्णता दिएका हो । अब उक्त कार्यक्रम शनिबार शीर्ष नेताहरुलाई बुझाइने र शनिबार नै सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव एवं कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए ।
सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको बताइएको छ। विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।
यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ । पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।




















प्रतिक्रिया