Logo

अर्थ

डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस सेयर कति ?



काठमाडाैं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ११.०५२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।