Logo

अर्थ

प्रभुसँग मर्जर भाँडिएपछि अजोडले गर्‍यो युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता



काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भाँडिएको अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ ।

हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति १२ बजे युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता गरेको हो ।

हिजो मर्जर प्रक्रिया भंग हुने वित्तकै सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढेर सहमतिमा पुगेको हो । हिजै राति अबेर दुवै कम्पनीका बीचमा हस्ताक्षर भएको हो ।

आज युनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभामै सो सम्बन्धी तथ्यहरु सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।