Logo

अर्थ

माघ १ गतेदेखि ब्याजदर घटाउन बैंकहरु तयार



काठमाडौं । बैंकहरुले माघ १ गतेदेखि ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको विशेष साधारणसभाले ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकहरुमा कर्जाको माग घटेपछि माघ १ गतेदेखि निक्षेपमा ब्याजदर घटाउन लागिएको हो । यद्यपि कति घटाउने भन्ने विषयमा भने छलफल भइरहेको बैंकर्स संघ स्रोतको भनाइ छ ।

साथै संघको बुधबारकै साधारणसभाले अध्यक्षमा एनएमबी बैंकका सीईओ सुनिल केसी र उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वसम्मत चयन गरेकाे छ ।

यसअघि संघका अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायको कार्यकाल सक्किएर विदा भएसँगै संघको अध्यक्ष पद रिक्त थियो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १९:२७   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।