Logo

प्रमुख समाचार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार माओवादी केन्द्रबाट दुई तथा एमालेबाट एक गरी थप तीन मन्त्रीले शुक्रबार शपथ लिएका छन् । यससँगै प्रदेश १ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

नवनियुक्त तीन मन्त्रीमा माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन् । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डका ज्वाईँ हुन् ।

नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् । एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ)लाई यसअघि मन्त्री बनाइसकिएको छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १२:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।