Logo

कर्णाली प्रदेश

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ चयन



सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमलेकी नन्दा गुरुङ चयन भएकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । उनलाई कांग्रेसको मात्रै मत प्राप्त भएको हो ।

गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए । गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:२५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।