Logo

अर्थ

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, कति दियो बोनस र नगद ?



युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय विद्यु्त नियमन आयोगबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

साथै कम्पनीको पुष २९ गते नै बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा अमित पाण्डेलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १४:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।