Logo

राजनीति

राप्रपाबाट तीन मन्त्री र एक राज्यमन्त्री पाउने




काठमाडौं । सत्ता गठबन्धनमा भएको भागबन्डामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने राप्रपाका एक पदाधिकारीले जानकारी दिए ।

सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकासमन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।