काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ । प्रतिनिधिसभामा ५ माघमा सभामुखको निर्वाचन हुँदैछ । २८ माघसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्छ । विश्वासको मत लिने सबै पार्टी र नेताहरूको बैठकबाट सभामुख र राष्ट्रपति निर्वाचनबारे सबै थाहा हुने सोमबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।




















प्रतिक्रिया