Logo

अर्थ

ताेलामा ३ सय रुपैयाँले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो।

यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबा रभएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।